निजामती विधेयकलाई अन्तिम रूप दिएर संसदमा लैजाने तयारीमा छौँ : प्रधानमन्त्री « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

निजामती विधेयकलाई अन्तिम रूप दिएर संसदमा लैजाने तयारीमा छौँ : प्रधानमन्त्री


१७ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजामती कर्मचारी विधेयकलाई अन्तिम रूप दिएर संसदमा लैजाने तयारी भइरहेको बताएका छन् ।

बिहीबार नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन समीक्षा बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’ले संघ, प्रदेश र स्थानीय तहको अधिकार र कार्यक्षेत्रमा रहेको द्विविधा र अस्पष्टतालाई सम्बोधन गर्ने गरी कार्यविस्तृतिकरण परिमार्जनलाई टुंगो लगाउन निर्देशन दिएका छन् ।

उनले अगाडि भने, ‘यो बैठकपछि नै हामी संघीय निजामती ऐनलाई अन्तिम रूप दिएर सदनमा लैजाने तयारीमा छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस