स्वास्थ्यका पाँच कर्मचारी पुरस्कृत « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

स्वास्थ्यका पाँच कर्मचारी पुरस्कृत


१५ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । स्वास्थ्य सेवा दिवसका अवसरमा पाँच कर्मचारी पुरस्कृत भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मंगलबार एकजनालाई उत्कृष्ट र चारजनालाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गरेका हुन् ।

उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार पाउनेमा जिल्ला अस्पताल दार्चुलामा कार्यरत सिनियर अनमी बबिता विष्ट छिन् । उनलाई एक लाख रुपैयाँ राशीको पुरस्कार प्रदान गरिएको छ ।

यस्तै, कालिकोटका सिनियर अहेव दीर्घबहादुर नेपाली, बाराकी सिनियर अनमी किरण कुमारी, सुर्खेतका डा. केशरबहादुर ढकाल र फार्मेसी निरीक्षक शुष्मा थपलियालाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ । उनीहरूलाई जनही ५० हजार रुपैयाँ राशीले पुरस्कृत गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस