प्रधानमन्त्री ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेर गर्न चाहे काँग्रेस तयार « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रधानमन्त्री ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेर गर्न चाहे काँग्रेस तयार


१४ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेर गर्न चाहे सहयोग गर्न नेपाली काँग्रेस तयार देखिएको छ । यसअघि काँग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रियसभा निर्वाचन र महासमिति बैठक भन्दै पुनर्गठन नगर्ने अडान लिएका थिए ।

प्रधानमन्त्री ‘प्रचण्ड’लाई भेटेर सभापति देउवाले मन्त्रिपरिषद् हेरफेर गर्न काँग्रेस तयार रहेको सन्देश दिएका हुन् ।

महासमितिको बैठकपछि शुक्रबार बालुवाटार पुगेका देउवाले प्रधानमन्त्री ‘प्रचण्ड’सँग मन्त्री हेरफेरको विषयमा छलफल गरेको एक नेताले जानकारी दिए । 

प्रधानमन्त्री ‘प्रचण्ड’ आफूले सरकारको नेतृत्व गरेको एक वर्ष पुगेपछि कार्यसम्पादन कमजोर रहेका मन्त्रीहरूलाई हटाउन चाहेका थिए । तर, देउवाले साथ नदिँदा ‘प्रचण्ड’ रोकिएका थिए ।

भेटमा देउवाले गठबन्धनलाई मजबुत राख्ने पक्षमा पार्टीले निर्णय गरेको भन्दै आशंका नगर्न आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस