अमेरिकी उप-सहायक विदेशमन्त्री अख्तर काठमाडौँमा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अमेरिकी उप-सहायक विदेशमन्त्री अख्तर काठमाडौँमा


१४ फाल्गुन २०८०, सोमबार


काठमाडौँ। दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने अमेरिकी उप-सहायक विदेशमन्त्री अफरीन अख्तर नेपाल भ्रमण आएकी छन् ।

नेपाल, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्सका लागि दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने उप(सहायक विदेशमन्त्री अख्तर सोमबार काठमाडौँ आइपुगेकी हुन् ।

काठमाडौँस्थित अमेरिकी दूतावासका अनुसार भ्रमणका क्रममा अख्तरले नेपालका सरकारी अधिकारी, नागरिक समाजका प्रतिनिधि र अमेरिकन चेम्बर्स अफ कमर्स नेपालका सदस्यहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

सो भेटका क्रममा अमेरिका र नेपालबीचको द्विपक्षीय सम्बन्धले कसरी नेपालमा शिक्षा र स्वास्थ्य, मानवअधिकार, लोकतन्त्रको विकास र नेपालको पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउन सक्छ भन्ने विषयमा छलफल हुने दूतावासले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस