एनसेल प्रकरणको प्रतिवेदन सार्वजनिक गर्न सांसदको माग « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

एनसेल प्रकरणको प्रतिवेदन सार्वजनिक गर्न सांसदको माग


१४ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले एनसेल प्रकरणको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले समितिले बुझाएको प्रतिवेदन पुतलीको खेलजस्तो नाटक मञ्चन भइरहेको आशंका गरेका छन् ।

उनले भने, ‘नेपालको इतिहासमा सबैभन्दा ठूलो भ्रष्टाचार काण्डको रूपमा चर्चित रहेको एनसेल छानबिन समितिको प्रतिवेदन प्रस्तुत भइसकेको छ । यो प्रतिवेदनलाई पुतलीको खेलजस्तो नाटक मञ्चन गर्ने काम नहोस् । त्यसको वास्तविकता जनताले थाहा पाउनुपर्छ । यो खर्बौंको भ्रष्टाचार यथार्थमा संसदमार्फत् जनतामा पुग्नुपर्छ । संसदमा सामूहिक रूपमा छलफल गर्नुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस