मुद्दा चल्ने ९० प्रतिशत कार्यालयमा ‘हिरासत पुस्तकालय’ अभियान सञ्चालन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मुद्दा चल्ने ९० प्रतिशत कार्यालयमा ‘हिरासत पुस्तकालय’ अभियान सञ्चालन


१३ फाल्गुन २०८०, आइतबार


नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले मुद्दा चल्ने प्रहरी कार्यालयमध्ये ९० प्रतिशत कार्यालयमा ‘हिरासतमा पुस्तकालय’ अभियान सञ्चालनमा ल्याएको छ । 

अहिलेसम्म नेपाल प्रहरीका २२१ वटा मुद्दा चल्ने कार्यालयमध्ये ९० प्रतिशत अर्थात् २०० कार्यालयमा हिरासत पुस्तकालय अभियान सुचारु भइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।

ती मध्ये काठमाडौँ उपत्यका प्रहरी कार्यालय अन्तर्गत १९ वटा, कोशी प्रदेश प्रहरी कार्यालय अन्तर्गत ३८ वटा, मधेश प्रदेश प्रहरी कार्यालय अन्तर्गत ३५ वटा, बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गत २३ वटा, गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत १५ वटा, लुम्बिनी प्रदेश प्रहरी कार्यालय अन्तर्गत ३७ वटा, कर्णाली प्रदेश प्रहरी कार्यालय अन्तर्गत १३ वटा र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अन्तर्गत २० वटा रहेका छन् ।

पुस्तकालयमा विभिन्न विधाका उपन्यास, कथा, कविता, निबन्ध, धार्मिक ग्रन्थ, कानुन, सामान्यज्ञानको साथै विभिन्न व्यक्तिका जीवन संघर्ष, जेल जीवन, राजनीतिक विचार, सिद्धान्त, व्यावसायिक सीप, उत्प्रेरणा, सकारात्मक सोचका विषयमा लेखिएका पुस्तक रहेका छन् । दैनिक जीवनमा आइपर्ने समस्या र समाधानका विषय समेटिएका पुस्तक पनि राखिएका प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस