केयूकेएलको सीईओ नियुक्ति प्रक्रिया विवादमा परेपछि छानबिन समिति गठन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

केयूकेएलको सीईओ नियुक्ति प्रक्रिया विवादमा परेपछि छानबिन समिति गठन


१३ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)मा रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया स्थगित भएको छ । केयूकेएल सञ्चालक समिति सदस्यहरूमाथि ‘एडभान्स’ घुस लिएको आरोप लागेपछि खानेपानी मन्त्रालयले सीईओ नियुक्ति प्रक्रिया स्थगित गरेको हो ।

सीईओ नियुक्ति प्रक्रिया विवादित बनेपछि खानेपानी तथा ढल निकास विभागका उपमहा निर्देशक माधव प्रसाद अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको छ । छानबिन समितिलाई आइतबारदेखि एक साताको म्याद दिइएको छ ।

केयूकेएलको २१ असोजमा बसेको सञ्चालक समितिको बैठकले नयाँ सीईओ छनोट तथा सिफारिस गर्न सञ्चालक समिति सदस्य रामबहादुर थापाको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले इन्जिनियर अर्जुनबाबु ढकाल, अशोककुमार पौडेल, इन्जिनियर उमेशबाबु मरहट्टा, डा. इन्जिनियर डोलप्रसाद चापागाईँ, इन्जिनियर दीपेन्द्रकुमार देव, प्रकाशकुमार राई, इन्जिनियर रमेश केसी र राजेन्द्र श्रेष्ठलाई सर्ट लिस्टेड गरेको थियो ।

केयूकेएलमा आर्थिक प्रभावमा परी सीईओ नियुक्त गर्न लागिएको भन्दै अख्तियारमा उजुरीसमेत परेको थियो । अख्तियारमा उजुरी परेपछि मन्त्रालयले केयुकेएलसँग सीईओ नियुक्ति सम्बन्धी विवरण उपलब्ध गराउन भनेको थियो । मन्त्रालयलाई विवरण उपलब्ध गराइसकिएको केयूकेएलका कम्पनी सचिव दीपेन्द्र बहादुर ओलीले जानकारी दिए ।

सम्बन्धित समाचार : काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको संक्षिप्त सूचीमा आठ जना छनौट

Tags :
प्रतिक्रिया दिनुहोस