काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको संक्षिप्त सूचीमा आठ जना छनौट « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको संक्षिप्त सूचीमा आठ जना छनौट


२० मंसिर २०८०, बुधबार


काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि संक्षिप्त सूचीमा ८ जनाको नाम छनौट भएको छ । प्रमुख कार्यकारी अधिकृत छनौट सिफारिस समितिले ८ जनाको नाम संक्षिप्त सूचीमा समावेश गरेको हो ।

उक्त पदका लागि पेश हुन आएका दरखास्त साथ संलग्न शैक्षिक योग्यता र अनुभवसँग सम्बन्धित कागजातहरूको आधारमा मूल्याङ्कन गर्दा प्राप्ताङ्क बमोजिम ४० प्रतिशत भन्दा बढी अङ्क प्राप्त गर्ने उम्मेदवारहरू मध्य क्रमशः सबैभन्दा बढी अङ्क प्राप्त गर्ने ७ जना र सातौं स्थानका लागि बराबर अङ्क प्राप्त गर्ने उम्मेदवार सहित ८ जनाको नाम छनौट गरिएको समितिले जनाएको छ ।

संक्षिप्त सूचीमा समावेश भएका उम्मेदवारहरूमा ई. अर्जुन बाबु ढकाल, अशोक कुमार पौडेल, ई. उमेश बाबु मरहट्टा, डा. डोल प्रसाद चापागाईँ, दिपेन्द्र कुमार देव, प्रकाश कुमार राई, रमेश के. सी. र राजेन्द्र श्रेष्ठ रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस