भ्रष्टाचार मुद्दामा मुछिएपछि प्रदेशसभा सदस्य यादव निलम्बित « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

भ्रष्टाचार मुद्दामा मुछिएपछि प्रदेशसभा सदस्य यादव निलम्बित


१२ फाल्गुन २०८०, शनिबार


काठमाडौँ । लुम्बिनी प्रदेश सभा सदस्य जानकीप्रसाद यादव निलम्बित भएका छन्। यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बनमा परेका हुन्।

उनी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कपिलवस्तु क्षेत्र नम्बर ३ को ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। वन पैदावारमा हानी नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै उनीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

सम्बन्धित समाचार : बहालवाला प्रदेश सांसदविरुद्ध भ्रष्टाचार मुद्दा

लुम्बिनी प्रदेश सभाले सूचना जारी गर्दै मुद्दाको अन्तिम किनारा नलाग्दासम्मका लागि यादवलाई निलम्बित गरिएको जानकारी दिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस