बहालवाला प्रदेश सांसदविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बहालवाला प्रदेश सांसदविरुद्ध भ्रष्टाचार मुद्दा


८ फाल्गुन २०८०, मंगलबार


अख्तियार

काठमाडौँ । लुम्बिनी प्रदेशका सांसद जानकीप्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । राप्रपाबाट कपिलवस्तु क्षेत्र नम्बर ३ (२) बाट निर्वाचित सांसद यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

कपिलवस्तुस्थित गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष/संयोजक रहेका बेला सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पु¥याएर भ्रष्टाचार गरेको आरोपमा यादवविरुद्ध मुद्दा दायर भएको हो । अख्तियारले उनी विरुद्ध २९ लाख १२ हजार १९३ रुपैयाँ ६५ पैसा बिगो माग दाबी सहित मुद्दा दर्ता गरेको हो ।

वन व्यवस्थापन समितिले कटान गरेको काठ लुकाएर मिलेमतोमा अनियमितता गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो । अख्तियारले यादवसहित १९ जनाविरुद्ध मङ्गलवार भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । आर्थिक वर्ष २०७४/०७५ मा ठेकेदार समेतले ६ वटा कटान प्लटहरूको ३७ हजार क्यूफिट काठ काटी निकाल्ने ठेक्का स्वीकृत गराएको अख्तियारले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस