टिआरसी विधेयक पाँचदिन भित्रमा सदनमा प्रस्तुत हुने प्रधानमन्त्रीको दाबी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

टिआरसी विधेयक पाँचदिन भित्रमा सदनमा प्रस्तुत हुने प्रधानमन्त्रीको दाबी


११ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अबको पाँच दिनमा सदनमा प्रस्तुत हुने दाबी गरेका छन् ।

शुक्रबार २३ औं मजदुर बलिदान दिवस तथा पुस्तक विमोचन कार्यक्रमलाई पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै उनले अबको पाँच दिनभित्रमा उपसमितिबाट पारित भएर विधेयक संसदमा पेश हुने दाबी गरेका हुन्।

यो विधेयक सदनबाट पारित गरेसँगै बलिदान गरेका योद्धाप्रति गर्व हुने उनले बताए । संक्रमणकालीन न्यायसम्बन्धी सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगसँग सम्बन्धित काम नटुंगिएकाले नै शहीद परिवारले पाउनुुपर्ने परिपूरण वा सहयोग राज्यको तर्फबाट पाउन नसकेको ‘प्रचण्डले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस