प्रतिपक्षले नभई सत्तापक्षकै सांसदहरूको कारण संसद अवरोध भयो : महेश बर्तौँला « प्रशासन
Logo १ बैशाख २०८१, शनिबार
   

प्रतिपक्षले नभई सत्तापक्षकै सांसदहरूको कारण संसद अवरोध भयो : महेश बर्तौँला


११ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका सचेतक महेश बर्तौँलाले प्रतिपक्षले नभई सत्तापक्षकै सांसदहरूको कारणले संसद अवरोध भएको बताएका छन् । प्रतिनिधि सभामा सांसदहरूको आरोप-प्रत्यारोपछि बैठक स्थगित भएपछि आज संसद् प्रमुख प्रतिपक्ष दलले अवरोध नगरेको प्रष्ट पारेका हुन् ।

उनले भने, ‘संसद्लाई गलत दिशातर्फ लाने काम सत्तापक्षकै सांसदहरूले गर्नुभएको छ । संसदमा प्रतिपक्षले सरकारलाई खबरदारी गर्न पाउँछ कि पाउँदैन ? सरकारले कानूनभन्दा बाहिर गएर जे गतिविधि रहेका छन् । हामीले सभामुखमार्फत सरकारलाई प्रश्न गरिरहेका छौँ । प्रतिरक्षाको लागि प्रधानमन्त्री र मन्त्रीहरू संसद्‍मा आउनुहुन्न । प्रतिरक्षाका लागि सत्तापक्षका सांसदहरू पाखुरा सुर्केर आउनुहुन्छ । त्यो दुखद् हो ।’

उनले संसद्‍मा छलफलको लागि एक चौथाइ सामर्थ्य नदेखाउने सरकार अनि प्रतिपक्षलाई प्रश्न गर्न मिल्छ ? भन्दै प्रश्न गरे ।

‘सरकार बहुमतमा छ भन्ने अनि हामीले बहुमत पुर्‍याइदिनुपर्ने ?’, उनको तर्क छ । सांसदहरूबीचको आरोप प्रत्यारोपपछि १५ मिनेटका लागि स्थगित भएको बैठक अझै सुरु हुन सकेको छैन।

Tags :
प्रतिक्रिया दिनुहोस