नागरिक उड्डयन प्राधिकरणले माग्यो कर्मचारी [सूचनासहित] « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नागरिक उड्डयन प्राधिकरणले माग्यो कर्मचारी [सूचनासहित]


११ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदका लागि ९८ जना कर्मचारी माग गरेको छ ।

 प्राधिकरणले आज(शुक्रबार) सार्वजनिक सूचना प्रकाशन गर्दै आर्थिक वर्ष २०८/०८१ को असार मसान्तसम्म रिक्त हुने उपनिर्देशकदेखि सहायकसम्मका विभिन्न पदका ९८ जना कर्मचारी पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको छ ।

प्राधिकरणले प्राविधिकतर्फ दसौँ तहको उपनिर्देशक, प्रबन्धक, उपप्रबन्धक, वरिष्ठ अधिकृत १-१ जना तथा ४३ जना एयर ट्राफिकतर्फ वरिष्ठ अधिकृतमा दरखास्त मागेको छ । त्यस्तै, विभिन्न उपसमूहतर्फ वरिष्ठ सहायक र सहायक पदमा पनि दरखास्त आह्वान गरेको छ । एभिएशन फायर सर्भिसेसतर्फ पनि १७ जना प्राविधिक सहायक माग गरेको छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले २१ दिनभित्र अनलाइन आवेदन दिन सकिने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

 हेर्नुस् सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस