५० लाख ब्लडमनिको व्यवस्था गरी मृत्युदण्डबाट बचाउन सांसद रामहरि खतिवडाको आग्रह « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

५० लाख ब्लडमनिको व्यवस्था गरी मृत्युदण्डबाट बचाउन सांसद रामहरि खतिवडाको आग्रह


१० फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले ओखलढुङ्गा चिसंखुगढी ३ बस्ने यमबहादुर श्रेष्ठका छोरा भुवन श्रेष्ठ र धादिङ निवासी पहलमान मगर ५ वर्षदेखि दुबईको जेलमा रहेको बताउँदै उनीहरूलाई छुटाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले नवलपरासीको आफ्नो साथी बाबुराम आलेलाई अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएपछि सो अभियोगमा ५० लाख ब्लडमनिका कारणले उनीहरू जेलमा रहेको बताए । ब्लडमनि ५० लाखका दरले नदिए उनीहरूलाई यही महिनामा मृत्युदण्ड दिने युएई सरकारले घोषणा गरेको खतिवडाले बताए ।

सांसद खतिवडाले सरकारलाई भुवन श्रेष्ठ र पहलमान थापालाई ब्लडमनि तिरेर स्वदेशमा ल्याउने पहल गर्न आग्रह गरे । उनले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई त्यसका लागि पहल गर्न ध्यानाकर्षण गराए ।

Tags :
प्रतिक्रिया दिनुहोस