एन्फा उपाध्यक्ष लामा जेल जाने निश्चित « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

एन्फा उपाध्यक्ष लामा जेल जाने निश्चित


९ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा जेल जाने निश्चित निश्चित भएको छ । सर्वोच्च अदालतले दावा लामाको पुनरावेदन नभएको पत्र दिएसँगै लामा जेल जाने निश्चित भएको हो ।

सर्वोच्च अदालतले गत माघ १२ गते काठमाडौँ जिल्ला अदालतलाई लेखेको पत्रमा उच्च अदालत पाटनको फैसला अन्तिम भई बसेको र लामाले सर्वोच्चमा पुनरावेदनको निवेदन नदिएको उल्लेख गरेको हो ।

काठमाडौँ जिल्ला अदालतको पत्रको जवाफ दिँदै सर्वोच्चले अभिलेखमा पुनरावेदनको निवेदन नपाइएको उल्लेख गरेको हो । यससँगै लामा उच्च अदालतको फैसला कार्यान्वयनका लागि जेल जानैपर्ने निश्चित भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस