नेपाललाई भुर्तेलले दिलाए पाँचौँ सफलता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपाललाई भुर्तेलले दिलाए पाँचौँ सफलता


९ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ को आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालले पाँचौँ विकेट लिएको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले २२औँ ओभरको अन्तिम बलमा कप्तान गेरहार्ड इरास्मसलाई गुमाएको हो । इरास्मसलाई नेपालका कुशल भुर्तेलले करण केसीबाट क्याच गराए । जारी खेलमा कुशलको यो पहिलो विकेट हो ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रनको योगफल खडा गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस