अटो दुर्घटना चालकको मृत्यु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अटो दुर्घटना चालकको मृत्यु


९ फाल्गुन २०८०, बुधबार


बागमती । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा आज अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार धादिङ बजारतर्फबाट मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीतर्फ आउने क्रममा ना २.ह ५२६८ नंको अटो अनियन्त्रित भएर पल्टिएको थियो । घाइते भएका सोही स्थान निवासी ३५ वर्षीय चालक सुमन भन्ने देवीबहादुर घिमिरेलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याउँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस