काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ को आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले पाँचौँ ओभरको पहिलो बलमा दोस्रो विकेट गुमाएको हो ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रनको योगफल खडा गरेको थियो ।