दुई छोरीसहित हत्या गरिएकी महिलाका श्रीमान् झुण्डिएको अवस्थामा फेला « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

दुई छोरीसहित हत्या गरिएकी महिलाका श्रीमान् झुण्डिएको अवस्थामा फेला


९ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । काठमाडौँको सितापाइलामा मृत फेला परेकी महिलाका श्रीमान् पनि झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा सोलुखुम्बुका रामप्रसाद सुनार रहेको काठमाडौँ प्रहरी परिसरले जनाएको छ ।

उनका श्रीमती र दुई छोरीहरू कोठाभित्रै मृत फेला परेका थिए । रामप्रसादको शव भने घरभन्दा केही पर जंगलमा झुण्डिएको अवस्थामा फेला परेको हो ।

घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस