अछाममा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १५ घाइते « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अछाममा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १५ घाइते


९ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । अछाममा जीप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। १५ जना घाइते भएका छन् भने तीन जनाको अवस्था गम्भीर छ।

अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ५ स्थित आमरुख नजिक से १ ज ४२९ नम्बरको जीप बुधबार बिहान दुर्घटना भएको हो। चौरपाटी गाउँपालिकाका अध्यक्ष भीम बहादुर साउदले प्रशासनलाई बताए अनुसार मृत्यु हुनेमा डोटी पूर्व चौकी-४ का १८ महिनाका बालक किसान खड्का रहेका छन्।

घाइतेको बयलपाटा अस्पतालमा उपचार भइरहेको अध्यक्ष साउदले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस