रूखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्छौ : गगन थापा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रूखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्छौ : गगन थापा


८ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेसका कार्यकर्ताले रूख चिह्नमै मतदान गर्ने अवस्था सुनिश्चित गर्ने बताएका छन्। मंगलबार ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा सांगठानिक प्रस्ताव पेश गर्दै थापाले यस्तो बताएका हुन्।

‘पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छौँ, ‘उनले प्रस्ताव पेश गर्दै भने, ‘हामी भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्ने छौँ र हाम्रो मतदातालाई नेपाली काँग्रेसको चुनाव चिह्न रूख मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौँ।’

महासमिति बैठकमा योसँगै पाँच वटा प्रस्ताव पेश भएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस