२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१२ निर्वाचन क्षेत्रका महाधिवेशन प्रतिनिधि सबैलाई महासमितिमा सहभागी गराउने काँग्रेसको निर्णय 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले महासमिति सदस्यको निर्वाचन हुन नसकेका १२ निर्वाचन क्षेत्रका सबै महाधिवेशन प्रतिनिधिहरूलाई यसपटकको महासमिति बैठकमा सहभागी गराउने भएको छ । 

बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा मंगलबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विवादका कारण महासमिति सदस्यको निर्वाचन हुन नसकेका ती क्षेत्रका सबै महाधिवेशन प्रतिनिधिहरूलाई आमन्त्रित सदस्यकारुपमा सहभागी गराउने निर्णय गरेको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकले नेतृत्व परिवर्तन भएका भ्रातृ संघ र शुभेच्छुक संस्थाहरूबाट पनि अध्यक्षसहित तीन जना महासमिति सदस्यको रूपमा सहभागी गराउने निर्णय भएको छ । 

बैठकले बारा क्षेत्र नं. ३, पर्सा क्षेत्र नं. १, सोलुखुम्बु, खोटाङ, धादिङ क्षेत्र नं. १, दोलखा, ओखलढुंगा, काठमाडौं क्षेत्र नं. ५, दाङ क्षेत्र नं. ३, कञ्चनपुर क्षेत्र नं. १, बाग्लुङ क्षेत्र नंं. २ र सिन्धुली क्षेत्र नं. २ का सबै महाधिवेशन प्रतिनिधिहरूलाई महासमिति बैठकमा आमन्त्रित गर्ने निर्णय गरेको हो । 

त्यस्तै, नेतृत्व परिवर्तन भएका नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, नेपाल लोकतान्त्रिक खेलकूल संघ, नेपाल किसान महासंघ, नेपाल थारु संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ र नेपाल मुस्लिम संघबाट अध्यक्षसहित तीन जनालाई महासमिति बैठकमा सहभागी गराउने निर्णय गरेको छ ।

त्यस्तै, शुभेच्छुक संस्थाहरू नेपाल ट्रेड यूनियन काँग्रेस, नेपाल शिक्षक संघ, नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन, सेन्टर फर डेमोक्र्याटिक इन्जिनियर्स नेपाल, प्रजातन्त्रवादी चिकित्सक संघ र नेपाल प्रेस यूनियनबाट पनि अध्यक्षसहित तीन जनालाई महासमिति बैठकमा सहभागी गराउने निर्णय गरेको छ । 

प्रतिक्रिया दिनुहोस