अफगानिस्तानमा पहिरोमा परेर २५ जनाले ज्यान गयो « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अफगानिस्तानमा पहिरोमा परेर २५ जनाले ज्यान गयो


७ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । अफगानिस्तानमा आएको पहिरोमा परेर २५ जनाले ज्यान गुमाएका छन् । जर्मनीको विश्व च्यानल डीडब्लूका अनुसार अफगानिस्तानको पूर्वी भागमा रहेको नुरिस्तान प्रान्तमा गएराति गएको पहिरोमा परेर ८ जना घाइते भएका छन् र कैयौँ पुरिएका छन् ।

अफगानिस्तानको विपत्त मन्त्रालयको सोमबार सार्वजनिक भएको तथ्यांकअनुसार मुसलधारे पानी परेर पहिरो गएको थियो । डीडब्लूले हिन्दू कुश हिमालय शृङ्खलाको दक्षिण छेउमा पर्ने नरिस्तान प्रान्तको पहिरोमा परेकाहरूको उद्धार गर्न सहायता निकायको अभावले समस्यामा परेको बताएको छ ।

सन् २०२१ मा अफगानिस्तानबाट अमेरिकी बहिर्गमन तथा तालिवानको पुनरागमनसँगै विदेशी सहायताहरू घटेपछि अफगानिस्तान जस्तो प्रकोप पीडित देशलाई धेरै समस्या थपिएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस