राजविराजका हाकिमलाई काममा अवरोध नगर्न दिएको आदेशलाई उच्च अदालतले दियो निरन्तरता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राजविराजका हाकिमलाई काममा अवरोध नगर्न दिएको आदेशलाई उच्च अदालतले दियो निरन्तरता


६ फाल्गुन २०८०, आइतबार


सप्तरी । राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङलाई नियमित कामकाजमा अवरोध नगर्न यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई उच्च अदालत जनकपुर, राजविराज इजलासले निरन्तरता दिएको छ । 

न्यायाधीश अर्जुन अधिकारी र कृष्ण प्रसाद सुवेदीको संयुक्त इजलासले  यसअघि न्यायाधीश कोशलचन्द्र सुवेदीको एकल इजलासले दिएको आदेशलाई निरन्तरता दिएको हो । गुरुङको रिटमा न्यायाधीश सुवेदीको एकल इजलासले निवेदकलाई हाजिर भई नियमित कामकाज गर्न अवरोध नगर्नु गर्न नदिनु भनी नगरपालिका र नगर प्रमुख ईशरत प्रवीणसमेतका नाममा अन्तरिम आदेश दिएको हो । उक्त आदेशलाई अधिकारी र सुवेदीको संयुक्त इजलासले आइतबार निरन्तरता दिएको हो । 

नगरपालिकाले आफ्नो क्षेत्राधिकार नाघेर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरी पत्र दिएपछि त्यस विरुद्ध गुरुङले अदालतमा रिट दायर गरेका थिए । आफूलाई कानुन विपरीत मन्त्रालय पठाउने पत्र बदरको माग राखी उनले मङ्गलवार रिट दायर गरेका हुन् ।

सम्बन्धित समाचार : राजविराजका प्रमुख प्रशासकीय अधिकृत गुरुङलाई काममा अवरोध नगर्न उच्च अदालतको आदेश

माघ १९ गतेको कार्यपालिका सदस्यहरूको बैठकको निर्णय बमोजिम फागुन १ गतेदेखि लागु हुने गरी गुरुङलाई मन्त्रालयमा फिर्ता पठाइएको कार्यवाहक नगर प्रमुख ईशरत प्रवीणद्वारा हस्ताक्षरित पत्रमा उल्लेख थियो । गुरुङ गत भदौ २५ गते राजविराज नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा आएका थिए ।

सम्बन्धित समाचार : नगरपालिकाको निर्णयविरुद्ध प्रमुख प्रशासकीय अधिकृतद्वारा उच्च अदालतमा रिट दायर, आज पेसी

Tags :
प्रतिक्रिया दिनुहोस