राजविराजका प्रमुख प्रशासकीय अधिकृत गुरुङलाई काममा अवरोध नगर्न उच्च अदालतको आदेश « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राजविराजका प्रमुख प्रशासकीय अधिकृत गुरुङलाई काममा अवरोध नगर्न उच्च अदालतको आदेश


२ फाल्गुन २०८०, बुधबार


सप्तरी । राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङलाई नियमित कामकाजमा अवरोध नगर्न उच्च अदालत जनकपुर, राजविराज इजलासले आदेश दिएको छ ।

नगरपालिकाले आफ्नो क्षेत्राधिकार नाघेर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरी पत्र दिएपछि त्यस विरुद्ध गुरुङले अदालतमा रिट दायर गरेका थिए ।

गुरुङको रिटमा न्यायाधीश कोशलचन्द्र सुवेदीको एकल इजलासले अर्को आदेश जारी नभएसम्म निवेदकलाई हाजिर भै नियमित कामकाज गर्न अवरोध नगर्नु गर्न नदिनु भनी नगरपालिका र नगर प्रमुख इसरत प्रविणसमेतका नाममा अन्तरिम आदेश दिएको हो ।

सम्बन्धित समाचार : नगरपालिकाको निर्णयविरुद्ध प्रमुख प्रशासकीय अधिकृतद्वारा उच्च अदालतमा रिट दायर, आज पेसी

Tags :
प्रतिक्रिया दिनुहोस