काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै


४ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । बिहीबारदेखि सुरु भएको बैठकमा आगामी सोमबारदेखि गोदावरीमा हुन लागेको पार्टीको महासमिति बैठकको तयारीका विषयमा छलफल भइरहेको छ । 

बिहीबारको बैठकमा महासमिति बैठकका लागि तयार गरिएका प्रतिवेदनहरू प्रस्तुत गरिएको थियो । उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीति र अर्का महामन्त्री गगन थापाले पार्टीको सङ्गठनको विषयमा प्रतिवेदन तयार गरेका छन् । बिहीबारको बैठकमा ती नै प्रतिवेदनहरू केन्द्रीय समितिमा छलफलका लागि प्रस्तुत भएका थिए । 

त्यसमाथि केन्द्रीय सदस्यहरूले धारणा र सुझाव राख्ने क्रम चलिरहेको छ । केन्द्रीय सदस्यहरूको धारणा समेतलाई समेटेर प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी छ । 

शुक्रबार सानेपास्थित केन्द्रीय कार्यालयमा बिहान ९ बजेबाट बैठक बस्ने सञ्चार तथा सूचना प्रविधि विभागका प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।  

काँग्रेसको महासमिति बैठक ७ फागुनदेखि हुँदैछ । 

Tags :
प्रतिक्रिया दिनुहोस