निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षकका लागि दरखास्त आह्वान « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षकका लागि दरखास्त आह्वान


२ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले आज एक सूचना जारी गर्दै सामुदायिक विद्यालयको निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको हो ।

न्यूनतम योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्न सक्ने आयोगले जनाएको छ ।

इच्छुक व्यक्तिले आयोगको अनलाइन दरखास्त प्रणाली  https://online.tsc.gov.np मार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिनुपर्नेछ ।

हेर्नुस् सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस