रामग्राम स्तूपा क्षेत्र ९९ वर्षका लागि प्रमिष्ड ल्याण्डलाई दिने सम्झौता रद्द  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

रामग्राम स्तूपा क्षेत्र ९९ वर्षका लागि प्रमिष्ड ल्याण्डलाई दिने सम्झौता रद्द 


१ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । लुम्बिनी विकास कोष र द प्रमिष्ड ल्याण्ड बिच भएको सम्झौता रद्द भएको छ । कोषको कार्यकारिणी समितिको बैठकले रामग्राम स्तूपा क्षेत्रको ठेक्का प्रमिष्ड ल्याण्डलाई दिने सम्झौता रद्द गरेको हो ।

गौतम बुद्धको अस्थि धातु समाधिस्थल नवलपरासीको रामग्राम क्षेत्र उत्खनन एवं बौद्ध स्तूपलगायत संरचना निर्माण तथा व्यवस्थापनका लागि भन्दै कोषले विना प्रतिस्पर्धा उक्त कम्पनीलाई ९९ वर्षका लागि दिने सम्झौता तथा समझदारी रद्द गरेको थियो । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले आइतबार सम्झौता भएका सबै प्रक्रिया रद्द गर्न निर्देशन दिएको थियो । 

लेखा समितिको निर्देशनपछि मङ्गलवार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीको अध्यक्षतामा बसेको कोष कार्यकारिणी समितिको बैठकले उक्त कम्पनीसँग भएका सबै सम्झौता तथा समझदारी रद्द गर्ने निर्णय गरेको हो ।

सम्बन्धित समाचार : रामग्राम क्षेत्रबारे निजी कम्पनीसँग गरिएका सम्झौता तत्काल खारेज गर्न लेखा समितिको निर्देशन

Tags :
प्रतिक्रिया दिनुहोस