पाल्पामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पाल्पामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु


१ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । पाल्पाको तिनाउ गाउँपालिका-५, मस्यामको चिदिसमा मंगलबार भएको जिप दुर्घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले प्रशासनलाई बताए अनुसार सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटना भएको हो ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रजिअ काफ्लेले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस