वैदेशिक रोजगार बोर्डको अनलाइनमा समस्या, सुचारु गर्न अझै केही दिन समय लाग्ने « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

वैदेशिक रोजगार बोर्डको अनलाइनमा समस्या, सुचारु गर्न अझै केही दिन समय लाग्ने


१ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । वैदेशिक रोजगार बोर्डको अनलाइनमा समस्या आएको छ । बोर्डको सचिवालयबाट वैदेशिक रोजगारीमा गई मृत्यु भएका तथा अंगभंग भएका कामदार र परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरणमा प्रयोग हुने सफ्टवेयरमा समस्या आएको हो ।

बोर्ड सचिवालयको सफ्टवेयर एफइडब्लुआइएमएस डट एफईबी डट जीओभी डट एनपीको सर्भरमा केही दिनदेखि समस्या आएको छ । सफ्टवेयरमा समस्या आएपछि सेवाग्राही मर्कामा परेका छन् ।

उक्त सर्भरको मर्मतको काम भइरहेकोले पुनः सुचारु गर्न अझै केही दिन समय लाग्ने बोर्डले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस