लघुवित्त र सहकारी पीडितका पक्षमा छु : प्रधानमन्त्री ‘प्रचण्ड’ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

लघुवित्त र सहकारी पीडितका पक्षमा छु : प्रधानमन्त्री ‘प्रचण्ड’


१ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौँ नेपालीलाई न्याय दिन आफै सक्रिय भइरहेको बताएका छन् ।

मंगलबार बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णीम वाग्लेसहितको टोलीको सुझाव पत्र बुझ्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

भेटमा प्रधानमन्त्रीले भने, ’यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु । लाखौँ बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छ । तपाईँहरूको सुझाव पनि म हेर्छु । यो समस्या जतिसक्दो छिटो टुङ्गाउन चाहन्छु, यसमा तपाईँहरूको पनि सहयोग चाहियो ।’

Tags :
प्रतिक्रिया दिनुहोस