गुरुकुल एउटा वैज्ञानिक र व्यवहारिक शिक्षा पद्धति : राष्ट्रपति पौडेल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गुरुकुल एउटा वैज्ञानिक र व्यवहारिक शिक्षा पद्धति : राष्ट्रपति पौडेल


१ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुरुकुल एउटा वैज्ञानिक र व्यवहारिक शिक्षा पद्धति भएको बताएका छन् । उनले गुरुकुल शिक्षाले मौलिक संस्कृति र आफ्नो माटोको रक्षार्थ महत्त्वपूर्ण योगदान गर्ने बताए ।

देवघाटधाममा सञ्चालित गार्गी कन्या गुरुकुलको सहयोगार्थ मंगलबारदेखि काठमाडौँको पाशुपत् क्षेत्रमा आयोजना गरिएको श्रीमद्भागवत ज्ञान महायज्ञको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले गार्गी गुरुकुल देशकै पहिलो कन्या गुरुकुलकोरुपमा सञ्चालन भएकोप्रति खुसी व्यक्त गरे । 

‘गुरुकुल एउटा वैज्ञानिक र व्यवहारिक शिक्षा पद्धति हो । यसबाट उत्पादन भएका विद्यार्थीहरूले मौलिक संस्कृति र माटोको रक्षार्थ महत्त्वपूर्ण भूमिका खेल्न सक्दछन् भन्ने लाग्दछ,’ उनले भने ।

उनले देशकै पहिलो कन्या गुरुकुलले गुरुकुलको वातावरणमा वैदिक ज्ञानसँगै अन्य विधाहरूमा समेत ज्ञान प्रदान गरेर उच्च शिक्षासम्मको पढाइका लागि सहयोग पुर्‍याउनुपर्ने बताए । ‘गुरुकुलको वातावरणमा वैदिक शिक्षा दिने प्रबन्ध गर्नु सुखद पक्ष हो । हामीले महिलाहरूलाई पनि वैदिक ज्ञान र सम्मान अर्पण गर्न सक्नुपर्दछ । यसका लागि राज्यले पनि विशेष ध्यान दिनेछ भन्ने विश्वास लिएको छु,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस