आदेशको अवज्ञा गर्दै दुई स्थानीय तहले दिए बिदा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आदेशको अवज्ञा गर्दै दुई स्थानीय तहले दिए बिदा


२९ माघ २०८०, सोमबार


काठमाडौँ । सिन्धुपाल्चोकका दुई स्थानीय तहले फागुन १ गते सार्वजनिक बिदा दिएका छन् । सर्वोच्च अदालतले फागुन १ गते सार्वजनिक बिदा नदिन दिएको आदेशको अवज्ञा गर्दै बिदा दिने निर्णय गरेका हुन् ।

सरकारले यसअघि ‘जनयुद्ध’ सुरु भएको दिन फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर, सर्वोच्च अदालतले फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’ का रूपमा राष्ट्रिय पर्व मनाउने र सार्वजनिक बिदा दिने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि गृह मन्त्रालयले समेत सोमबार सूचना प्रकाशित गर्दै फागुन १ गते कुनै बिदा नभएको प्रस्ट पारेको छ ।

सम्बन्धित समाचार : गृह मन्त्रालयले भन्यो-फागुन १ गते सार्वजनिक बिदा छैन

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका र लिसंखु पाखर गाउँपालिकाले भने अदालतको आदेश लत्याउँदै फागुन १ गते सार्वजनिक बिदा दिएका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिकाले सोमबार सूचना प्रकाशित गर्दै नगरपालिकाअन्तर्गतका कार्यालय, स्वास्थ्य संस्थाहरू, नगरपालिका मातहतका विद्यालयहरूमा नगरपालिकाको २०८०–१०–२५ गतेको निर्णयअनुसार फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय भएको सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै लिसंखु पाखर गाउँपालिकाले पनि फागनु १ गते सार्वजनिक बिदा दिएको छ । जनयुद्ध दिवसको अवसरमा फागुन १ गते स्थानीय बिदा दिने गाउँ कार्यपालिकाबाट निर्णय भएको भन्दै लिसंखु पाखर गाउँपालिकाले सूचना जारी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस