गृह मन्त्रालयले भन्यो-फागुन १ गते सार्वजनिक बिदा छैन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गृह मन्त्रालयले भन्यो-फागुन १ गते सार्वजनिक बिदा छैन


२९ माघ २०८०, सोमबार


काठमाडौँ । गृह मन्त्रालयले फागुन १ गते सार्वजनिक बिदा नरहेको बताएको छ ।

आज (सोमबार) एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयले यसअघि सरकारले यसअघि सार्वजनिक बिदा घोषणा गरे पनि हाल बिदा कायम नरहेको उल्लेख गरेको हो ।

‘‘ २०८० फागुन १ गते मंगलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको ब्यहोरा सम्वद्ध सबैको जानकारीका लागि अनुरो छ’, गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको सूचनामा उल्लेख छ ।

यसअघि सरकारी क्यालेन्डरमा फागुन १ गते जनयुद्ध दिवसको बिदा उल्लेख थियो । तर सर्वोच्च अदालतले जनयुद्ध दिवस भनेर बिदा नदिन सरकारको नाममा अन्तरिम आदेश दिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस