प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर, तोकियो सजाय र जरिवाना « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर, तोकियो सजाय र जरिवाना


२६ माघ २०८०, शुक्रबार


काठमाडौँ । विशेष अदालतले प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । 

रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनी र वडा नम्बर-७ का अध्यक्ष भीमबहादुर यादवलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।  

विशेषका न्यायाधीशहरू अध्यक्ष डा. खुसीप्रसाद थारु तथा सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले शुक्रबार मरासिनी र यादवविरुद्धको कसुर ठहर हुने फैसला गरेको अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ११ मा मरासिनी र यादवले नदीजन्य पदार्थको बिक्री आदेशको म्याद थप गरिदिए बापत सेवाग्राहीबाट ५० हजार घुस मागी विनोद भरलाई बुझ्न लगाएको भन्दै मुद्दा दायर गरेको थियो ।

सम्बन्धित समाचार : प्रमुख प्रशासकीय अधिकृत मरासिनी घुससहित प्रकाउ

सम्बन्धित समाचार : प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

उक्त मुद्दामा कसुर ठहर गरी मरासिनीलाई ५० हजार जरिबाना र तीन महिना कैद तथा वडाध्यक्ष यादव र भरलाई समान ४५ दिन कैद र २५ हजार जरिबाना हुने फैसला भएको प्रवक्ता कार्कीले जनाएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस