प्रमुख प्रशासकीय अधिकृत मरासिनी घुससहित प्रकाउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रमुख प्रशासकीय अधिकृत मरासिनी घुससहित प्रकाउ


१६ चैत्र २०७९, बिहिबार


काठमाडौँ । रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित सम्पर्क कार्यालयको टोलीले प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी, सोही गाउँपालिकाको वडा नम्बर ७ का वडाअध्यक्ष भीमबहादुर यादव र बिचौलिया विनोद भरलाई ५० हजार घुस रकमसहित पक्राउ गरेको हो ।

अख्तियारको टोलीले गाउँपालिकाको चमेना गृहबाट बिहान साढे ११ बजे उनीहरूलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सूचना अधिकृत रामकृष्ण अधिकारीले जानकारी दिए ।

मरासिनीमाथि स्थानीयले विभिन्न ठेक्कापट्टामा रकम माग गरेको गुनासो गदै आएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस