प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


११ असार २०८०, सोमबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

घुस–रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी र वडा नम्बर ७ का वडा अध्यक्ष भीम बहादुर यादवसहित ३ जनाविरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत मरासिनी, वडाध्यक्ष यादव र बिचौलिया विनोद भरले उत्खनन गरी घाटगद्दीमा रहेको नदीजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनको लागि सेवाग्राहीसँग रु. ५० हजार घुस-रिसवत मागेको  अख्तियारको ठहर छ । 

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार प्रमुख प्रशासकीय अधिकृत मरासिनी र यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २ को उपदफा (१) बमोजिमको कसुरमा बिगो पचास हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (ख) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन र प्रतिवादी विनोद भरलाई मुख्य कसुरदार मरासिनी र यादवले गरेको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरको मतियार भई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसुरमा प्रतिवादी विनोद भरलाई बिगो पचास हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवाना र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम हुने सजायलाई आधार मानी सोही ऐनको दफा २२ बमोजिमको प्रतिबन्धात्मक वाक्यांशबमोजिम मुख्य कसुरदार सरह नै सजाय हुन मागदावी लिई आज मुद्दा दायर गरिएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस