१५ लाख घुससहित पक्राउ परेका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

१५ लाख घुससहित पक्राउ परेका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर 


२६ माघ २०८०, शुक्रबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख घुससहित पक्राउ परेका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादेविरुद्ध शुक्रवार विशेष अदालतमा काठमाडौँमा मुद्दा दायर गरिएको हो । 

घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा उनी गत माघ ३ गते रंगेहात पक्राउ परेका थिए ।  

सम्बन्धित समाचार : १५ लाख घुससहित वडाध्यक्ष अख्तियारको नियन्त्रणमा

बादेले घरबाटो सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग पन्ध्र लाख रुपैयाँ घुस–रिसवत माग गरी लिएको पुष्टि भएको अख्तियारका प्रवक्ता  नरहरि घिमिरेले जानकारी दिए । 

बादेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर गरेकोले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा १५ लाख बिगो कायम गरी सोही ऐनको दफा ३ को उपदफा १ को देहाय (च) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई मुद्दा दायर गरिएको प्रवक्ता घिमिरेले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस