१५ लाख घुससहित वडाध्यक्ष अख्तियारको नियन्त्रणमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

१५ लाख घुससहित वडाध्यक्ष अख्तियारको नियन्त्रणमा


३ माघ २०८०, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख घुससहित वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ ।

घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि १५ लाख घुस लिइसकेको अवस्थामा काभ्रेको बनेपा नगरपालिका-९ का वडाध्यक्ष ४२ वर्षीय नृपेश बादेलाई नियन्त्रणमा लिएको अख्तियार स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।

बुधबार राति भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघरबाट नियन्त्रणमा लिएको ती स्रोतले बताए ।

वडाध्यक्ष बादेसँगै आएको बा ७ च १२९ न. को कार चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा न.७ मिलनटारका ३१ वर्षीय पदमबहादुर प्रधानलाई पनि गाडीसहित नियन्त्रणमा लिएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस