निगमको कार्यकारी निर्देशक पदका उम्मेदवारको अन्तर्वार्ता फागुनमा हुने « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

निगमको कार्यकारी निर्देशक पदका उम्मेदवारको अन्तर्वार्ता फागुनमा हुने


२६ माघ २०८०, शुक्रबार


काठमाडौँ । नेपाल आयल निगममा कार्यकारी निर्देशक बन्न आवेदन दिएकाहरूको अन्तर्वार्ता तथा प्रस्तुति फागुन पहिलो सातादेखि सुरु हुने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार २ फागुनदेखि ५ फागुनसम्म उम्मेदवारहरूको अन्तर्वार्ता तथा प्रस्तुति हुने भएको छ ।

मन्त्रालयले बिहान ७ बजेदेखि अन्तर्वार्ता तथा प्रस्तुतीकरण हुने जनाएको छ । नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि ई. कमलेन्द्रलाल कर्ण, डा. उत्तरकुमार रेग्मी, ई. डा डोलप्रसाद चापागाईँ, ई. सहदेव चन्द प्रतिस्पर्धामा छन् ।

यसैगरी पंकजकुमार दास, रामदेव यादव, सञ्जिवकुमार देव, दिलीप शेखर श्रेष्ठ, माधव रेग्मी, चण्डिकाप्रसाद भट्ट, बसन्तकुमार पाण्डे, डोलिन्द्रप्रसाद शर्मा र शत्रुघ्नप्रसाद पुडासैनी समेत प्रतिस्पर्धामा छन् ।

सम्बन्धित समाचार : आयल निगमको कार्यकारी निर्देशक बन्न १४ जनाले दिए निवेदन

Tags :
प्रतिक्रिया दिनुहोस