मन्त्री-सचिवको उपस्थितिमा सदाचार र तनाव व्यवस्थापन गर्दै सामान्य ! « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मन्त्री-सचिवको उपस्थितिमा सदाचार र तनाव व्यवस्थापन गर्दै सामान्य !


२६ माघ २०८०, शुक्रबार


काठमाडौँ । कहिले कर्मचारी त कहिले नेता तथा कार्यकर्ता, आफ्ना अनि आफन्त व्यवस्थापनमा जहिल्यै गरमागरम माहौल रहने सिंहदरवारस्थित एक मन्त्रालयमा सदाचार र तनाव व्यवस्थापन कार्यक्रम सञ्चालन हुँदैछ । कर्मचारीको अभिभावक मन्त्रालयको रूपमा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्री-सचिवकै समुपस्थितीमा सदाचार, तनाव व्यवस्थापन तथा मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

दुई बजे सबै कर्मचारी उपस्थितिका लागि उर्दी जारी गरेको मन्त्रालयले मन्त्रालयकै सभा हलमा सञ्चालन गर्न लागेको परामर्श कार्यक्रममा सहभागीहरू आउने क्रम जारी छ । जीवन विज्ञानका प्रमुख प्रशिक्षक एलपी भानु शर्माद्वारा सञ्चालन हुने भनिएको उक्त कार्यक्रम कर्मचारी कल्याण शाखाले आयोजना गरेको हो । 

कतिपय कर्मचारीले यसलाई ठिकै पनि हो भनेका छन् कतिपयले ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’को संज्ञा दिएका छन् । 

पछिल्लो समय कर्मचारी व्यवस्थापनमा चर्को आलोचना खेप्दै आएको मन्त्रालयसँग सङ्घ मात्रै होइन, प्रदेश तथा स्थानीय तहका कर्मचारीहरूदेखि जनप्रतिनिहरुसम्मै रुष्ट बन्दै आएका छन् । कर्मचारीको व्यवस्थापन भन्दा आफ्नो व्यवस्थापनमा बढी केन्द्रित हुँदा बिकृतीहरुलाई बढावा दिएको उनीहरुको आरोप छ । 

मन्त्रालयको मन्त्रीमा अनिता देवी साह छिन् भने सचिव रहेका छन् विनोद प्रकाश सिंह । 

Tags :
प्रतिक्रिया दिनुहोस