उच्च अदालतबाट पनि दिलीप महतोको हत्यामा संलग्नलाई २५ वर्ष कैदको फैसला सदर  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

उच्च अदालतबाट पनि दिलीप महतोको हत्यामा संलग्नलाई २५ वर्ष कैदको फैसला सदर 


२४ माघ २०८०, बुधबार


काठमाडौँ । दिलीप भनिने ओम प्रकाश महतोको हत्याको मुद्दामा उच्च अदालत जनकपुरले जिल्ला अदालत धनुषाकै फैसला सदर गरेको छ ।

न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र ध्रुवकुमार पियाको संयुक्त इजलासले जिल्लाकै फैसला सदर गरेको हो ।

१२ फागुन २०७८ मा जिल्ला अदालत धनुषाले दिलीपको हत्याका मुख्य योजनाकार चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपिन महतो र मुख्य सहयोगी मुनिन्द महतोलाई २५-२५ वर्ष कैद र पाँच-पाँच लाख रुपैयाँ क्षतिपूर्ति वापत जरिवाना हुने फैसला सुनाएको थियो ।

यस्तै घटनाका मतियार बनेको आरोपमा जितेन्द्र महतोलाई साढे १२ वर्ष कैद र अढाइ लाख रुपैयाँ क्षतिपूर्ति वापत जरिवाना गरेको थियो ।

२५ पुस २०७६ मा घरभन्दा पाँचसय मिटर पर रहेको औरही खोलामा २४ वर्षीय दिलीपको हत्या भएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस