चुनाव अघिको गठबन्धनले देशलाई बन्धक बनायो : शंकर पोखरेल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

चुनाव अघिको गठबन्धनले देशलाई बन्धक बनायो : शंकर पोखरेल


२४ माघ २०८०, बुधबार


काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनअघि गरिएको गठबन्धनले मुलुकलाई बन्धक बनाएको बताएका छन् ।

जनताबाट तिरस्कृत दलहरू समेत गठबन्धनको आडमा चुनावमा जितेर सत्तामा टिकिरहन पाएपछि मुलुक सबै क्षेत्रमा अप्ठ्यारोमा परेको उनले टिप्पणी गरेका हुन् ।

रुपन्देहीले बुटवलमा नेकपा एमालेले आयोजना गरेको प्रशिक्षणमा महासचिव पोखरेलले गठबन्धनमा आबद्ध दलहरू सत्ता टिकाउने खेलमा मात्र व्यस्त भएको आरोप पनि लगाए ।

काँग्रेस सधैँ यथास्थितिको पक्षधर भएको र आन्दोलन संस्थागत गर्ने बेला जहिल्यै धोका दिने गरेको आरोप लगाउँदै उनले एमालेको सरकारले मात्र मुलुकको विकास गर्ने दाबी गरे । आगामी चुनावमा एमालेको बहुमत आउने गरी काम गर्न नेता कार्यकर्तालाई उनले निर्देशन गरे ।

दुर्गा प्रसाईँ अराजकताको प्रतिनिधि भएको टिप्पणी गर्दै पोखरेलले त्यस्ता व्यक्ति बेलाबखत पार्टीमा जन्मने बताए । यस्ता व्यक्तिप्रति पार्टी र जनता होसियार हुनुपर्ने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस