रास्वपाले भन्यो-देशमा हालसम्म लोकतान्त्रिक अभ्यास छैन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रास्वपाले भन्यो-देशमा हालसम्म लोकतान्त्रिक अभ्यास छैन


२३ माघ २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेपालमा हालसम्म लोकतान्त्रिक अभ्यास हुन नसकेको बताएका छन्।

मंगलबार काठमाडौँमा आयोजित अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै प्रमुख सचेतक परियारले देशमा हालसम्म लोकतान्त्रिक अभ्यास हुन नसकेको बताएका हुन्।

उनले संसदमा दलित समुदायका सांसदहरूको प्रतिनिधित्व भएपनि मन्त्रिपरिषदमा एक जना पनि फुल मन्त्री दलित समुदायको नहुनुले देशको लोकतान्त्रिक अभ्यासलाई छर्लङ्ग पार्ने उल्लेख गरेका छन्।

उनले अझै पनि महिला तथा दलितहरूको सहभागिताको सवालमा राज्य लोकतान्त्रिक हुन नसकेको दाबी गरे। देशमा संघीयता पनि अभ्यासमा आउन नसकेको उनको टिप्पणी थियो। उनले गणतन्त्र पनि राजतन्त्र भन्दा धेरै फरक नदेखिएको बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस