निगमद्वारा दुई जहाज भाडामा लिन टेन्डर आह्वान « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

निगमद्वारा दुई जहाज भाडामा लिन टेन्डर आह्वान


२३ माघ २०८०, मंगलबार


काठमाडौँ । नेपाल वायुसेवा निगमले दुई वटा न्यारोबडी जहाज भाडामा लिने भएको छ । सो प्रयोजनका लागि मंगलबार सार्वजनिक माध्यमबाट अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेन्डर) आह्वान गरिएको हो ।

निगमको कार्ययोजना अनुसार निगमसँग भएका वाइडबडी जहाजलाई लामो दुरीका जापान, सिड्नी र कोरिया उडानमा लगाउने र नजिकका गन्तव्यमा न्यारोबडी जहाज उडाउने योजना रहेको निगमले जनाएको छ ।

नजिकका सेक्टरमा समेत अहिले निगमले वाइडवडी जहाज प्रयोग गरिरहेको छ । निगमसँग अहिले दुई वटा न्यारोबडी र दुई वटा वाइडवडी जहाज छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस