गठबन्धन सरकारले अपेक्षाकृत नतिजा दिन सकेन : गगन थापा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गठबन्धन सरकारले अपेक्षाकृत नतिजा दिन सकेन : गगन थापा


२३ माघ २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले गठबन्धन सरकारले अपेक्षा अनुसारको नतिजा दिन नसकेको बताएका छन् ।

‘सरकार बन्दा जुन रूपमा उत्साह थियो, सोहीअनुरूप उल्लेखित नतिजा आउन सकेको छैन, जनताले त्यसको डेलिभरी पाउन सकेका छैनन्’, मेची-महाकाली संवाद यात्राका क्रममा मंगलबार पश्चिम नवलपरासी आएका महामन्त्री थापाले भने, ‘निर्वाचनअघि गरिएको गठबन्धनबाट आमकार्यकर्तामा व्यापक असन्तुष्टि छाएको छ, निर्वाचन हारेका ठाउँमा मात्र नभै निर्वाचन जितेका ठाउँहरूमा समेत चरम असन्तुष्टि रहेको संवाद यात्राका क्रममा पाएको छु ।’

निर्वाचन अगाडि गठबन्धन गर्ने परिपाटी नबदल्ने हो भने पार्टीमा चरम निराशा छाउने भएकाले पार्टीको नीतिमार्फत नै यो बदल्नु जरुरी रहेको नेता थापाको जोड थियो ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका थापाले संवाद यात्राका क्रममा आमनागरिकले थुप्रै समस्या उठान गरेकोमा मूलतः भौतिक पूर्वाधारसँग सम्बन्धित साझा खालका राष्ट्रिय समस्या बढी उठान भएको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस