आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी अध्यादेश संसदमा पेश « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी अध्यादेश संसदमा पेश


२२ माघ २०८०, सोमबार


काठमाडौँ । प्रतिनिधि सभा बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश पेश भएको छ ।

सोमबार बसेको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त अध्यादेश पेश गरेका हुन् ।

त्यस्तै बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सदनमा पेस गरेका छन् ।

बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिएको छ । प्रतिनिधि सभाको अर्को बैठक माघ २४ गते बुधबार बोलाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस