संसदमा प्रभावकारी भूमिका निभाउन पार्टीका सांसदहरूलाई काँग्रेसको निर्देशन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

संसदमा प्रभावकारी भूमिका निभाउन पार्टीका सांसदहरूलाई काँग्रेसको निर्देशन


१९ माघ २०८०, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसले संसदमा प्रभावकारी भूमिका निभाउन पार्टीका सांसदहरूलाई निर्देशन दिएको छ । सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनको सँघारमा शुक्रबार बसेको संसदीय दलको बैठकमा संसदमा पार्टीको दरिलो उपस्थितिबारे केही निर्णय नै गरिएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

सदन र संसदीय समितिमा गणपूरक संख्या नपुगेको विषयमा बैठकको ध्यानाकर्षण भएको उनको भनाइ छ । समिति बैठकमा, मन्त्री र सांसद अनिवार्य उपस्थित हुन निर्देश गरिएको छ । साथै बैठकभर क्रियाशीलरूपमा भाग लिन पनि भनिएको छ ।

सदनको अधिवेशन चल्दासम्म काँग्रेस सांसदले राजधानी छाड्न नपाउने जानैपरे प्रमुख सचेतक र सचेतकबाट लिखित अनुमति लिएर छाड्नुपर्ने निर्देशन दिइएको पनि लेखकले बताए ।

बाँकी विधेयक चाँडो लैजान र विचाराधीन विधेयकलाई यही अधिवेशनबाट पारित गर्न सरकारलाई आग्रहसहित अन्य राजनीतिक दललाई पनि आवश्यक भूमिकाको लागि अपिल गर्ने पनि बैठकले निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस