‘क्यान इन्फोटेक’प्रति आम सर्वसाधारणको चासो बढ्यो : महासचिव अधिकारी « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

‘क्यान इन्फोटेक’प्रति आम सर्वसाधारणको चासो बढ्यो : महासचिव अधिकारी


१९ माघ २०८०, शुक्रबार


काठमाडौँ । कम्प्युटर एसोसिएसन नेपाल महासंघका महासचिव चिरञ्जिवि अधिकारीले २९औँ संस्करणमा आइपुग्दा ‘क्यान इन्फोटेक’प्रति आम सर्वसाधारणको चासो बढेको र स्टल राख्ने कम्पनीहरुबीच पनि प्रतिस्पर्धा बढ्दै गएको बताएका छन् ।

माघ २५ बाट ५ दिन चल्ने इन्फोटेकमा २ सय बढी स्टलहरू रहने महासचिव अधिकारीले जानकारी दिएका हुन् । उनका अनुसार इन्फोटेकमा ‘स्टार्ट अप’लाई निःशुल्क स्टल दिइनेछ ।

‘नयाँ नयाँ आइडीयाबाट काम गरिरहेका स्टार्ट अप बिजनेश, इन्नोभेशन प्रोडक्टलाई प्रोमोशन गर्नुपर्छ भनेर हामीले निःशुल्क स्टल दिँदैछौँ’ महासचिव अधिकारीले भने, ‘स्टार्ट अपलाई स्पेश दिनुपर्छ भनेर क्यान महासंघले इन्फोटेकमा निःशुल्क स्टल दिएर उहाँहरूको हौसला बढाउने प्रयास गर्दैछ । आउन इच्छा राख्ने जति सबैलाई सम्भव हुँदैन, जतिलाई राख्न सम्भव हुन्छ त्यतिलाई निु:शल्क स्टल उपलब्ध गराउँदैछौँ । यो महत्त्वपूर्ण सुरुवात हो ।’

स्टार्ट अपले उद्योगी व्यवसायी र नीति निर्मातासँग स्टार्ट अप इस्यू र समाधानका बारेमा अन्तरक्रिया गर्न पाउन् भनेर उनीहरूका लागि आफूले नै नेतृत्व लिएर निःशुल्क स्टलको प्रबन्ध मिलाएको महासचिव अधिकारीले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस