नेपाल स्काउटको निर्वाचन अनिश्चितकालका लागि स्थगित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपाल स्काउटको निर्वाचन अनिश्चितकालका लागि स्थगित


१९ माघ २०८०, शुक्रबार


काठमाडौँ । नेपाल स्काउटको माघ २७ गते हुने भनिएको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ । प्रधानमन्त्री कार्यालयमा उजुरी परेपछि युवा तथा खेलकुद मन्त्रालयले निर्वाचन स्थगित गरेको हो ।

मन्त्रालयले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको र उक्त मुद्दाको निरूपण भएपछि मात्र नयाँ निर्वाचन सम्बन्धी कार्यक्रम सुरु हुने जनाएको छ ।

 खेलकुद मन्त्रालयका प्रवक्ता शिवप्रसाद रेग्मीका अनुसार हाल निर्वाचन सम्बन्धी सबै गतिविधि स्थगन गर्न निर्देशन दिइएको र पछि आवश्यक निर्णय हुने छ।

Tags :
प्रतिक्रिया दिनुहोस